काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर आसपास प्रहरीले १६५ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पाकेटमार्ने, उच्छृङ्खल गतिविधि गर्ने, धकेला–धकेल गर्ने तथा गाँजा सेवनमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।
शिवरात्रिलाई लक्षित गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । आइतबार बिहानैदेखि दर्शनार्थीहरूको उल्लेख्य घुइँचो देखिएको छ ।












