Logo
Logo

सरकारले ६ महिनामै दियो ५३ अर्ब ४० करोड कर छुट


126
Shares

३ फागुन, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै ५३ अर्ब ४० करोड रुपैयाँ बराबर कर छुट दिएको छ ।

The current image has no alternative text. The file name is: artha-mantralya.gif

अर्थ मन्त्रालयका अनुसार यस अवधिमा विभिन्न कानुनी व्यवस्था अन्तर्गत कर तथा राजस्व छुट प्रदान गरिएको हो । आर्थिक ऐनमार्फत ५५ करोड ५७ लाख रुपैयाँ राजस्व छुट दिइएको मन्त्रालयले जनाएको छ।

वस्तु आयाततर्फ भने कुल ५२ अर्ब ५४ करोड रुपैयाँ बराबर राजस्व छुट दिइएको छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ५(३) तथा अनुसूची १ अनुसार मूल्य अभिवृद्धि कर छुट हुने वस्तुको पैठारीमा २९ अर्ब ७० करोड ३३ लाख रुपैयाँ बराबर छुट दिइएको छ ।

भन्सार ऐन, २०६४ को दफा ९ अनुसार कूटनीतिक सुविधा अन्तर्गत पैठारी भएका मालवस्तुमा ४८ करोड २९ लाख रुपैयाँ छुट दिइएको छ । सोही दफाअन्तर्गत महसुल सुविधा मार्फत पैठारी भएका वस्तुमा ४ करोड २१ लाख रुपैयाँ बराबर छुट प्रदान गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

आर्थिक ऐन, २०८२ को दफा १८(२) अनुसार मुनाफारहित सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सरकारी स्वामित्वका संस्थाले आयात गरेका मालवस्तुमा ९५ करोड ५ लाख रुपैयाँ बराबर छुट दिइएको छ ।

त्यस्तै, दफा १८(३) अनुसार आयोजना विकास सम्झौताअन्तर्गत परियोजना विकासका लागि आयात गरिएका मालवस्तुमा १ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ छुट प्रदान गरिएको छ ।

भन्सार महसुल ऐन, २०८२ को दफा ११ अनुसार साफ्टा सुविधा अन्तर्गत पैठारी भएका मालवस्तुमा २ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ बराबर छुट दिइएको छ । भन्सार महसुल ऐनका विभिन्न दफाअन्तर्गत प्रदान गरिएका छुटको कुल रकम १७ अर्ब ४० करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

यसैबीच, आर्थिक ऐन, २०८२ अन्तर्गत कुल ३,४७७ करदाताले ५५ करोड ५७ लाख रुपैयाँ बराबर कर छुट पाएका छन् । मन्त्रालयका अनुसार उक्त छुट ऐनका दफा २४, २५ र २७ अन्तर्गत प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्