Logo
Logo

सुदूरपश्चिमका ७ जिल्ला कारागारमा सेना खटिए


630
Shares

काठमाडौं । नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सेनाले कैलाली, कञ्चनपुर, बैतडी र बाजुराबाहेक बाँकी सात जिल्लामा रहेका कारागारको सुरक्षा जिम्मेवारी सम्हालेको हो ।

सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक अन्तर्गत रहेका कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङमा रहेका कारागारको सुरक्षामा सेना तैनाथ भइसकेको नेपाली सेनाले जनाएको छ ।

बैतडीमा भने कारागार निर्माणाधीन अवस्थामा रहेकाले सेना खटिनु नपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

त्यसैगरी नेपाली सेनाको श्री नं ५ वाहिनी अड्डाअन्तर्गतका डोटी, कैलाली र अछाममा समेत कारागार सुरक्षार्थ सेना खटिएको छ । सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरुप सेना खटिएको हो ।

सुदूरपश्चिमका सात जिल्लाका कारागार, विनमास्थल सुरक्षा र धनगढीस्थित आयल निगमको डिपोमा सेनाले सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्