Logo
Logo

रामेछाप बस दुर्घटना: एक बालकको शव फेला


630
Shares

काभ्रेपलाञ्चोक । रामेछापमा भएको बस दुर्घटनामा बेपत्ता एक बालकको शव तामाकोशी नदी किनारमा फेला परेको छ ।

The current image has no alternative text. The file name is: ramechhap-accident.jpg

गोलन्जोर गाउँपालिका-७ तल्लो बजार नजिकै, सुनकोशी नदी किनारमा मन्थली नगरपालिका-२ पिप्लेका ९ वर्षीय कृचन तामाङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । शव कृचनकै भएको कुरा कृचनका पिता युवराज तामाङले सनाखत गरेका छन्, जानकारी दिएका छन् जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदी ।

यसैसँगै, रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। तामाकोशी नदीमा खसेको बसमा सवार १२ जनाको शव यसअघि नै फेला परेको थियो ।

यो दुर्घटना मन्थली नगरपालिका-६, बेनीघाट पुल नजिकै २७ माघमा भएको थियो । बस प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्