सुनसरी । नेपाली सेना स्थापना दिवसका अवसरमा सुनसरीस्थित पूर्वी पृतना हेडक्वार्टरमा फोटो तथा नेपाली सेनासम्बन्धी प्रदर्शनी सुरु भएको छ ।

मङ्गलबारसम्म जारी रहने प्रदर्शनीमा सेनाले राष्ट्र र राष्ट्रिय हित संरक्षणका लागि निर्वाह गर्दै आएको भूमिका झल्कने तस्बिरका साथै विगतदेखि वर्तमानसम्मका राष्ट्रिय सैनिकका दुर्लभ तस्बिर समावेश गरिएका छन् ।
हतियार, सञ्चार उपकरण, सुरक्षा सामग्री तथा विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री पनि प्रदर्शनीमा राखिएका छन् ।












