Logo
Logo

ओलीले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै


63
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी शर्मा ओलीले आज चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै छन् । निर्वाचन प्रचारमा व्यस्त रहेका ओलीले मङ्गलवार दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चोकमा प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेका हुन् ।

निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिबद्धता पत्रमा अध्यक्ष ओलीले आफू विजयी भएपछि झापा ५ क्षेत्रमा गर्ने कामको फेहरिस्त छ । 

प्रतिबद्धता पत्रमा नेपालमा कम्यूनिष्ट पार्टीको स्थापना, एमालेको नेतृत्वमा गठन भएका सरकारले गरेका राम्रा कामको पृष्ठभूमी, सरकारले थालेका तर अपुरा रहेका योजनाहरूको विस्तृत विवरण समेटिएको जनाइएको छ । 

ओलीले आज दमक ३ स्थित दुम्से, टुकुरे लगायतका ठाउँका मतदातालाई भेट्दैछन् । दमक ८ स्थित संगम चोक, कृष्ण मन्दिर, धनपती मैनालीको घर हुँदै दमक १० स्थित सूर्य चोकमा पनि प्रचारप्रसारको कार्यक्रम  राखिएको छ  । 

प्रतिक्रिया दिनुहोस्