Logo
Logo

भोट नदिए हुन्छ, काम दिनुस्ः बालेन


441
Shares

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोटभन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् ।

बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने बताए । उनले भने– ‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्‍यो । रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो, काम दिनुस् है ?’

आफूहरूलाई भोट नदिए पनि सुदूरपश्चिम भने बनाउने उनले बताए । उनले भने– ‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ । हाम्रा उम्मेदवारलाई हाम्रो कामको लिस्ट दिनुस् । भोट नदिए पनि हुन्छ, काम दिनुस् ।’

अन्य दलले जस्तो रास्वपाले बाटो बनाउँदा पार्टी नहेर्ने उनको भनाइ थियो। ‘रास्वपा सरकारमा गयो भने कांग्रेसले हिड्ने पनि बाटो बनाउँछ, एमाले हिड्ने पनि बाटो बनाउँछ, माओवादी हिड्ने पनि बाटो बनाउँछ। सबै हिड्ने बाटो बनाउँछ, सबै नेपाली हिड्ने बाटो बनाउँछ,’ शाहले भने।

नेताहरूले नेपाललाई स्विट्जरल्यान्ड बनाउने भने पनि त्योभन्दा राम्रो सुदूरपश्चिम रहेको उनको भनाइ थियो। उनले अब सुदूरपश्चिमलाई देशसँग जोड्नुपर्ने बताए। ‘सुदूरपश्चिमलाई जोड्नुपर्छ। सुदूरपश्चिमको गीत काठमाडौँको चोकचोकमा बजेको दिन सुदूरपश्चिम जोडिन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्