काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश संकटमा हुँदा चुनावमा कसले जित्छ भन्ने भन्दा कसले सम्हाल्न सक्छ भन्ने प्रश्न महत्वपूर्ण हुने बताएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको चुनावी सभामा उनले यस्तो कुरा बताए।
‘हामी जान्दछौँ देश अहिले दुखिरहेको छ, मधेश पनि पीडित छ,’ उपसभापति शर्माले भने। ‘यो बेला मुख्य प्रश्न कसलाई जिताउने हो भन्ने होइन। मुख्य कुरा यो हो कि कसले परिस्थितिलाई सम्हाल्न सक्छ ।’
उनी भन्छन् कि अहिलेको चुनावमा जित नै प्राथमिकता होइन । ‘चुनाव त कांग्रेसले जीवनभरि कैयौँ पटक जितिसकेको छ । हाम्रा लागि जित कुनै अनौठो कुरा होइन,’ उनले थपे ।
उपसभापति शर्माले कांग्रेसले इतिहासमा हार पनि भोगेको बताए र त्यसलाई सामान्य घटना मात्रको रूपमा लिने दृष्टिकोण राखेका छन् ।











