Logo
Logo

सर्वोच्चको ‘सेफ ल्यान्डिङ’: मतदान सकिएपछि मात्रै संसद् विघटनको पालो


1.6k
Shares

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिटहरूलाई चुनावपछिको तारिख दिएको छ ।

संसद् विघटनविरुद्धका रिटहरू गत मंसिरमै दायर भएका थिए । यस अवधिमा प्रारम्भिक सुनुवाइ मात्र भएको छ भने थप सुनुवाइ अघि बढाइएको छैन ।

प्रतिनिधिसभा विघटन तथा वर्तमान प्रधानमन्त्री सुशीला कार्की असंवैधानिक रूपमा पदमा नियुक्त भएको भन्दै राष्ट्रपतिबाट गरिएको निर्णय बदर गर्न रिटमा माग गरिएको छ । तर, सुनुवाइका लागि सर्वोच्च अदालतले हालसम्म पेसी तोकेको छैन ।

शुक्रबार (९ फागुन ८०) रिटकर्तामध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट, यही फागुन २२ गतेका लागि साधारण तारिख पाएको जानकारी दिए ।

उनका अनुसार, चुनाव सकिएपछि पनि सुनुवाइको मिति तोकिएको छैन, केवल तारिख मात्र दिइएको हो । त्यस दिन सुनुवाइ हुने छैन । अर्थात्, निर्वाचनअघि संसद् विघटनसम्बन्धी रिटमा सुनुवाइ हुने छैन ।

प्रतिक्रिया दिनुहोस्