Logo
Logo

एमालेको झण्डा जलाउने आरोपमा एक जना पक्राउ


567
Shares

काठमाडौं । नेकपा एमालेको झण्डा जलाएको आरोपमा दाङमा एक जना पक्राउ परेका छन्।

The current image has no alternative text. The file name is: arrested-3.jpg

दाङ जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

बिहीबार राति, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउँदै गर्दा आयोजना गरिएको स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार, अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको पुष्टि भएपछि बस्नेतलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्