Logo
Logo

नेकपाको लेबीका लागि एउटै बैङ्क खाता खोल्ने तयारी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं , २० माघ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा रहेका सांसदहरूले बुझाइरहेको लेवी अब एउटै संयुक्त खातामा बुझाउने भएका छन् ।

एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकीकरण भएर नेकपा भएयता पनि ती दलका सांसदहरूले आआफ्नै पूर्व पार्टीमा लेवी बुझाउँदै आएका थिए । पार्टीले हालसम्म संयुक्त खाता नदिएका कारण छुट्टाछुट्टै लेवी बुझाइरहेको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

उनले भने, “नेकपाको संसदीय दलबाट एउटा संयुक्त खाता माग भएको छ, । खाता पठाउने वित्तिकै दलका सम्पूर्ण सांसदको लेवी एउटै खातामा जान्छ ।” पार्टीका शीर्ष नेतासँग पनि यस विषयमा छलफल भइरहेको बताउँदै गुरुङ्ले एकीकृत पार्टीको खाता चाँडै आउने कुरामा आफू विश्वस्त रहेको बताए ।

पार्टी एकीकृत भए पनि दुईवटै पार्टीको लेवी फरक फरक रहेको छ । अहिले पूर्वएमालेका प्रतिनिधिसभाका सांसदले मासिक रु १३ हजार र मन्त्रीले रु १५ हजार लेबी बुझाउँदै आएका छन् ।

पूर्वएमालेतर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभा गरी १४८ सांसद छन् भने पूर्वमाओवादी केन्द्रका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ६६ जना सांसद छन् । एकीकरणपछि नेकपाका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी कुल २१४ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्