
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने भएको छ ।
कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले पौडेललाई समर्थन गर्ने निर्णय गरेको हो । राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका छन् ।
राप्रपाले २०७९ को निर्वाचन यो क्षेत्रमा समानुपातिक तर्फ ५ हजार ६ सय मत प्राप्त गरेको थियो । यस क्षेत्रमा राप्रपाले आफ्नो उम्मेदवार उठाएको छैन ।











