Logo
Logo

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने


1.1k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आज आइतबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने भएको छ । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा मतदान सम्पन्न नहुन्जेलसम्म सीमा आवागमन रोक लगाइनेछ।

The current image has no alternative text. The file name is: simanaka.jpg

बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले सीमा नाका बन्द गर्न लागिएको हो ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचन सुरक्षा निर्देशिकामा मतदान हुनुभन्दा ७२ घण्टा अगाडि सीमा नाका बन्द गर्नुपर्ने प्रावधान छ। सोही व्यवस्थाअनुसार आयोगले नेपाल सरकारलाई सीमा नाका बन्द गर्न सिफारिस गरेको उनले जानकारी दिए ।

“निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन आयोगले तयार गरेको निर्वाचन सुरक्षा निर्देशिका बमोजिम आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा सीमा नाका बन्द रहनेछन्,” उनले भने ।

आयोगले उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आवश्यक समन्वय र सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पार्दै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न विभिन्न सुरक्षा उपाय अवलम्बन गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्