काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूले निर्वाचन जिते एमसीसी र एसपीपी आयोजना खारेज गर्ने बताएका छन् ।

उनले एमसीसीबाट नेपालले पैसा लिएको भए पनि फिर्ता गर्ने बताएका छन् । उनले यसरी देशलाई युद्धभूमि बन्नबाट जोगाउने दाबी गरेका छन् ।
उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’एमसीसी खारेज गर्नेछौँ! पैसा लिएका रैछन् भने फिर्ता गर्नेछौँ! एसपीपी लागु गर्ने छैनौँ ! देश युद्धभूमि बन्नबाट जोगाउनेछौँ ! मलाई विश्वास गर्नु१ जय श्रम संस्कृति !!’











