Logo
Logo

फागुन २१ मा हवाई उडान बन्द नहुने


567
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ मा हुने मतदानका दिन आन्तरिक तर्फको हवाई उडान सुचारु हुने भएको छ ।

निर्वाचन आयोगले हवाई उडान नरोक्ने गरी आचारसंहिता जारी गरेका कारण औपचारिक रूपमा उडान बन्द नहुने नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

तर, पर्याप्त यात्रु नहुने कारण उडान संख्यामा कटौती गर्ने मनस्थितिमा एयरलाइन्स छन् । त्यस दिन आन्तरिक उडानको बुकिङ खासै नभएका कारण अति आवश्यक र उद्धार चाहिँ सुचारु हुने उनको भनाइ छ ।

निर्वाचन आयोगले मतदान हुने दिन बेलुकी ५ बजेसम्मका लागि लामो तथा छोटो दूरीका सवारी साधन चलाउन बन्देज लगाएको छ । तर, हवाई सेवाबारे केही उल्लेख गरेको छैन । हवाई सेवाको नियमन र व्यवस्थापन नागरिक उड्डयन प्राधिकरणले गर्छ ।

प्रतिक्रिया दिनुहोस्