
एजेन्सी । इजरायलले लेबननमा गरेको हमलामा ३१ जनाको मृत्यु भएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर अमेरिका र इजरायलले गरेको संयुक्त हमलामा परि ३१ जनाको मृत्यु भएको जानकारी दिएको हो ।
त्यस्तै १४९ जना घाइते भएका छन् । यो संख्या प्रारम्भिक मात्र भनिएको छ । यसअघि इजरायलले लेबननका ५० भन्दा सहर तथा गाउँका बासिन्दालाई आक्रमणबाट बच्न तुरुन्तै आफ्नो घर छाड्न चेतावनी दिएको थियो ।
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हत्याको बदला लिन भन्दै लेबनानबाट हिज्बुल्लाहले इजरायलमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेपछि लडाइँ चर्किएको हो ।
जवाफमा अहिले लेबनानका लक्ष्यहरूमा इजरायलले पनि आक्रमण गरिरहेको इजरायली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।











