Logo
Logo

आज काठमाडौंबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द


630
Shares

काठमाडौं । मध्यपूर्व तनावका कारण सोमबार काठमाडौंबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द भएको छ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमण र इरानको जवाफी आक्रमणका कारण आज मात्र पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन् ।

जसमा जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडान छन् । आज मात्र जजिराको कुवेत–काठमाडौं–कुवेत उडान र कुवेत एयरवेजको कुवेत–काठमाडौं–कुवेत उडान समेत रद्द भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

शनिबारबाट सुरु भएको युद्धका कारण अहिले सारजहाँ विमानस्थल, दुबई विमानस्थल, दोहा विमानस्थल र कतार विमानस्थलमा उडान हुन सकेको छैन् । हाल कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको एयरस्पेस अहिले बन्द रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्