Logo
Logo

चुनाव प्रचारमा हजारौँ डलर खर्च, क्षितिज थेबे सबैभन्दा अगाडि


14.7k
Shares

काठमाडौं । निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जालको प्रयोग तीव्र बन्दै जाँदा फेसबुकमार्फत नेपालबाट हजारौँ डलर खर्च भएको देखिएको छ ।

मेटाको तथ्याङ्कअनुसार पछिल्लो सात दिनमा मात्रै नेपालबाट फेसबुक विज्ञापनमा कुल ३८ हजार ८६७ डलर खर्च भएको छ । मंगलबारको विनिमय दरअनुसार यो रकम करिब ५७ लाख रुपैयाँभन्दा बढी हुन आउँछ ।

उक्त अवधिमा सबैभन्दा बढी खर्च गर्नेमा ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे अग्रस्थानमा देखिएका छन् । ‘क्षितिज थेबे’ नामक पेजबाट १ हजार ४१२ डलर र ‘क्षितिज थेबे जिताऔँ अभियान’ पेजबाट १ हजार ११४ डलर खर्च भएको छ । यसरी क्षितिज थेबे सम्बद्ध पेजहरूबाट कुल २ हजार ५२६ डलर विज्ञापनमा खर्च भएको देखिन्छ ।

त्यस्तै साझा पार्टीले सोही अवधिमा १ हजार ३४१ डलर खर्च गरेको छ । विज्ञापनको संख्याका आधारमा डा. अजय क्रान्तिले १ हजार ३१७ डलर खर्च गरेका छन् ।

यस अवधिमा कास्की–२ का कुशल गुरुङले १ हजार ११५ डलर, सोमप्रसाद पाण्डेले १ हजार ४८ डलर र ‘देशको आशा’ नामक पेजबाट १ हजार ३० डलर खर्च भएको देखिन्छ । त्यस्तै नारायणकाजी श्रेष्ठबाट १ हजार १६ डलर, ‘माई भ्वाइस काउन्ट’ पेजबाट ९२० डलर र ‘रुटिन अफ झापा–५’ बाट ९०५ डलर खर्च भएको तथ्याङ्कमा उल्लेख छ ।

यसका अतिरिक्त ‘स्ट्र होल्डिङ’, ‘हाम्रो आवाज’ र ‘नयाँ बाटो’ लगायतका पेजहरूले पनि छुट्टाछुट्टै रूपमा उल्लेख्य रकम खर्च गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्