Logo
Logo

धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते


1.7k
Shares

धनुषा । धनुषाको मिथिला नगरपालिकामा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व(पश्चिम राजमार्गको बडहरी पुलमाथि बम विस्फोट हुँदा दुई जना बालबालिका घाइते भएका हुन्।

विस्फोटमा मिथिला८ जमुनिवासकी १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले बताए।

विस्फोटमा घाइते भएका दुवै बालबालिकाको अवस्था सामान्य रहेको डीएसपी बमले जानकारी दिए। विस्फोट भएको बस्तु के रहेको थियो भन्ने खुलेको छैन। यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

यस्तै, महोत्तरीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ। धनुषा र महोत्तरीको सीमामा पर्ने रातो नदीको पुलमा समेत शंकास्पद वस्तु फेला परेको हो।

महोत्तरी प्रहरीका अनुसार अहिले शंकास्पद वस्तु फेला परेको ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर निष्क्रिय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्