Logo
Logo

गगनको दुखेसो- मौन अवधिमा पनि हामी विरुद्ध सुनियोजित भ्रम फैलाइँदैछ


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मौन अवधिमा पनि आफू र आफ्नो पार्टीविरुद्ध भ्रामक सूचना फैलाउने क्रम नरोकिएको भन्दै दुखेसो गरेका छन् । मंगलबार फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै सभापति थापाले त्यस्ता भ्रम फैलाउने सामाजिक सञ्जालका खाताविरुद्ध ‘रिपोर्ट’ गरिदिन आग्रह गरेका छन् ।

‘निर्वाचन नजिकिँदै जाँदा मौन अवधिमा समेत, मलगायत नेपाली कांग्रेसका उम्मेदवारहरू विरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाइँदै छन्,’ सभापति थापाले लेखेका छन्, ‘यो केवल आचारसंहिताको उल्लघंन मात्र होइन, लोकतान्त्रिक संस्कारमाथिको आक्रमण हो । यस्ता गलत र भ्रामक सूचनाविरुद्ध तपाईँहरूको सचेत सहभागिता अत्यन्त आवश्यक छ ।’

त्यसैले त्यस्ता भ्रम फैलाउने खाताविरुद्ध रिपोर्ट गरिदिन उनले आग्रह गरेका छन् । ‘फेसबुक, टिकटक। युट्युबलगायतका प्लेटफर्म म वा पार्टीका उम्मेदवार तथा पार्टीबारे कुनै पनि फेक सामग्री देख्नुभयो भने तुरुन्तै रिपोर्ट गर्नुहोस्,’ सभापति थापाले अगाडि भनेका छन् ।

यस्तै कुनै सामग्री सेयर गर्नुअघि एक छिन रोकिएर सत्यता जाँच्न पनि उनले आग्रह गरेका छन् । उनले अगाडि भनेका छन्, ‘अत्यधिक सनसनीपूर्ण वा भडकाउ सामग्री प्राय: भ्रामक हुनसक्छ । सत्य र विवेकले मात्र भ्रमलाई परास्त गर्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्