Logo
Logo

सिरहा ३ का जसपा उम्मेदवार अशेश्वर यादव पक्राउ


2k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् ।

नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको स्कारपियो गाडीलाई शिवचोकमा चेकजाँच गर्नेक्रममा ४ लाख ८७ हजार नगद फेला परेपछि उम्मेदवार यादवलाई पक्राउ गरिएको हो ।

उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता कमल थापाले जानकारी दिए। उनका अनुसार प्रहरीले गाडीबाट मतपत्रसमेत फेला पारेको छ ।

नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको बताइएको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा–२ का उम्मेदवार मनोज चौधरी पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्