Logo
Logo

बमसहित पक्राउ परेका नेकपा उम्मेदवारमाथि ३ मुद्दामा अनुसन्धान सुरु


2k
Shares

काठमाडौं । प्रहरीले नेपाली कम्युनिस्ट पार्टी पर्सा क्षेत्र २ का उम्मेदवार मनोज चौधरीमाथि विस्फोटक पदार्थ सम्बन्धी कसुरसहित तीन मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

पर्साको पर्सागढी नगरपालिका बढनिहारबाट पक्राउ परेका चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अनुसार विस्फोटक पदार्थ सम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन मुद्दामा अनुसन्धान थालेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले आज पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका हुन् । ‘चौधरी सवार गाडीमा यसरी शङ्कास्पद वस्तु बम भेटियो, हामीले बिहान सेनामार्फत डिस्पोज पनि गराइसकेका छौं’, उनले भने ।

गएराति उम्मेदवार चौधरी हिँडेको गाडीमा होक्सी बम भेटिएपछि उनी पक्राउ परेका थिए । चौधरीसहित उनी सवार गाडीमा अन्य तीनजनालाई समेत नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

यद्यपि, अनुसन्धान चलिरहेकोले उनीहरूको अरू विवरण गोप्य राखिएको प्रहरीले जानकारी दिएको छ । उम्मेदवार चौधरी सवार बा १० च १२५० नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्