Logo
Logo

रञ्जुले भनिन्- छोराको न्वारानपछि विजय जुलुसमा आउँछु


567
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पहिलो जित हात पारेकी रास्वपाकी रञ्जु दर्शनाले छोराको न्वारानपछि विजयत्सवमा सहभागी हुने बताएकी छन् । काठमाडौं–१ बाट निर्वाचित भएपछि उनले सामाजिक सञ्जलमार्फत छोराको न्वारानपछि मात्रै विजयत्सवमा सहभागी हुने बताएकी हुन् ।

‘यो विजय देशको । परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं–१ मा हामीलाई घन्टी चुनाव चिह्नमा मत दिनुहुने सम्पूर्ण मतदाता प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं । हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताहरूप्रति हार्दिक नमन,’ उनले लेखेकी छन्, ‘हाल हामी परिवार बाबुको न्वारन कार्यक्रममा छौं । यो सम्पन्न हुनेबित्तिकै बानेश्वर स्थित सहकारी विभागमा हजुरहरूसँगै उपस्थित हुनेछु । करिब ११ः३० बजे । हामी सबै देशप्रेमीहरू त्यहीँ भेटौँ है ।’

भोट हाल्न बिहीबार उनी बच्चासहित मतदान केन्द्र पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्