Logo
Logo

समानुपातिकमा पनि रास्वपाकै पक्षमा मतको ‘सुनामी’, कुन दलले कति ल्याए ?


2.9k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट रूपमा अग्रस्थानमा देखिएको छ।

हालसम्म ८ लाख ५५ हजार ५६१ सदर मत गणना हुँदा रास्वपाले ४ लाख ३४ हजार १६५ मत प्राप्त गर्दै करिब ५० प्रतिशत मतसहित पहिलो स्थानमा रहेको छ।

त्यसैगरी नेपाली कांग्रेस १ लाख ४८ हजार २१७ मतसहित दोस्रो स्थानमा रहेको छ, जुन कुल मतको करिब १७ प्रतिशत हो। नेकपा एमाले १ लाख १८ हजार ९३८ मत (१३ प्रतिशत) सहित तेस्रो स्थानमा छ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६० हजार २८६ मत (७ प्रतिशत) प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३१ हजार ४०७ मत (३ प्रतिशत) सहित पछ्याइरहेको छ।

अन्य दलतर्फ श्रम संस्कृति पार्टीले १५ हजार ८८२ मत र राष्ट्रिय परिवर्तन पार्टीले ११ हजार ४९७ मत प्राप्त गरेका छन्, जुन करिब १–१ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्