काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङ राईले अब बन्ने सरकारको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले जनादेशलाई सबैले स्वीकार गर्नुपर्ने र जनताले दिएको मतको सम्मान गर्दै अबको नेतृत्व जनताको प्रश्न सुन्ने र जवाफ दिन सक्ने हुनुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्विकार्नै पर्छ । तर सरकारको नेतृत्व रविले गर्दा राम्रो हुन्छ । सदनमा जनताका प्रश्न उठ्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ ।’











