काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन पुगेको हो । प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गरिने जनाइएको छ ।











