
काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् । मतगणना जारी रहेको इलाम–१ मा कांग्रेस र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।
त्यहाँ कांग्रेसका निश्कल राईले १२ हजार १३० मत पाएका छन् । उनलाई हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुले ११ हजार ५९१ मतसहित पछ्याइरहेका छन्।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार उनीहरूबीचको मतान्तर ५३९ छ । यसअघि उनीहरूबीच १९८ मात्रै मतान्तर थियो। पछिल्लो गणनामा कांग्रेस उम्मेदवारले लिम्बुसँगको मतान्तर ३४१ ले बढाएका छन् ।
त्यसैगरि तेस्रो स्थानमा रहेका एमालेका काजीमान कागतेले १० हजार ९०५ मत ल्याएका छन् । चौथो स्थानमा रहेका नेकपाका रनबहादुर राईले जम्मा ६ हजार ३५७ मत पाएका छन्।














