Logo
Logo

कांग्रेस १७ सिटमा खुम्चियो, कहाँ को भए विजयी ? (मतसहित)


2k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । २१ फागुनमा सम्पन्न निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको मतगाणना अन्तिमतिर पुगेको हो ।

निर्वाचन आयोगको तथ्याङ्क हेर्ने हो भने लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेसले यसपटक अनपेक्षित परिणाम बेहोरेको छ । सबैभन्दा पुरानो लोकतान्त्रिक दल यसपालि युवा मतदाता असन्तुष्टिको शिकार बन्न पुग्यो ।

यसअघि ०७९ मा भएको निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जितेर पहिलो दल बनेको थियो । तर, भदौको जेनजी आन्दोलनपश्चात भएको यो पहिलो निर्वाचनमा कांग्रेस १७ सिटमा खुम्चिएर दोस्रोमा सिमित हुन पुगेको छ । यसपटक कांग्रेसले कोशी प्रदेशमा ३, मधेशमा १, बाग्मतीमा १, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा ३ र सुदूरपश्चिमा ५ सिट कांग्रेसले जितेको छ ।
१२४ क्षेत्रमा जित हात पार्दै पहिलो दल रास्वपा बनेको छ भने ८ सिट जितेर तेस्रो दल नेकपा एमाले बन्न पुगेको छ । ७ सिटसहित नेकपा चौथो दल बन्दा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ३ सिट सहित पाँचौ स्थानमा छ । त्यस्तै राप्रपा र स्वतन्त्र उम्मेदवारले १, १ सिट जितेका छन् ।

को-को भए विजयी ?

प्रदेशउम्मेदवारजिल्लामत
कोशी प्रदेशनरेन्द्र कुमार केरुङपाँचथर- ११७,२३३ (निर्वाचित)
कोशी प्रदेशसन्तोष सुब्वातेह्रथुम- १११,५६१ (निर्वाचित)
कोशी प्रदेशप्रकाश सिंह कार्कीसोलुखुम्बु- ११३,१६६ (निर्वाचित)
मधेस प्रदेशमो. फिरदोश आलमरौतहट- २२९,५२८ (निर्वाचित)
वाग्मती प्रदेशमोहन आचार्यरसुवा- ११०,६५६ (निर्वाचित)
गण्डकी प्रदेशटेक बहादुर गुरुङमनाङ- १२,४१५ (निर्वाचित)
गण्डकी प्रदेशयोगेश गौचन थकालीमुस्ताङ- १३,३०७ (निर्वाचित)
लुम्बिनी प्रदेशसन्दीप रानापाल्पा- ११८,३३६ (निर्वाचित)
लुम्बिनी प्रदेशअभिषेक प्रताप शाहकपिलवस्तु- ३२३,५३५ (निर्वाचित)
कर्णाली प्रदेशविष्णुबहादुर खड्कासुर्खेत- १२६,८९७(निर्वाचित)
कर्णाली प्रदेशबासना थापादैलेख- ११२,३७२ (निर्वाचित)
कर्णाली प्रदेशखडकबहादुर बुढाजाजरकोट- १२०,१४२(निर्वाचित)
कर्णाली प्रदेशजय पती रोकायाहुम्ला- १८,७९७(निर्वाचित)
कर्णाली प्रदेशखड्ग शाहीमुगु- १७,९१४ (निर्वाचित)
सुदूरपश्चिम प्रदेशजनकराज गिरीबाजुरा- ११७,१७३ (निर्वाचित)
सुदूरपश्चिम प्रदेशभरत कुमार स्वारअछाम- ११०,७५९(निर्वाचित)
सुदूरपश्चिम प्रदेशभरतबहादुर खड्काडोटी- ११४,८९७ (निर्वाचित)

प्रतिक्रिया दिनुहोस्