Logo
Logo

गगनले राजीनामा दिनु हुँदैन, अधिवेशनमा जानु पर्छ : चन्द्र भण्डारी


882
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गगनकुमार थापाले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त हुने बताएका छन् । 

The current image has no alternative text. The file name is: chandra-bhandri.jpg

अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित नभएको बताउँदै गगनले राजीनामा दिनुभन्दा जिम्मेवार र समयसापेक्ष बाटो रोज्न  भण्डारीले सुझाव दिए ।

उनले आजको अवस्थामा कांग्रेस बचाउनु आफैँमा एक नैतिक दायित्व भएको जिकिर गरे । उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘आजको कटु यथार्थ के हो भने-युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन ।’

नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था रहेकाले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्ने धारणा राखे । ‘समस्या देखेर भाग्नु होइन, उपचार गरेर सङ्गठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो,’उनले भने, ‘नेपाली कांग्रेसलाई बचाउने लडाइँ आज पनि सम्भव छ-यदि इच्छाशक्ति र साहस छ भने ।’

प्रतिक्रिया दिनुहोस्