काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् ।

कार्कीले १५ हजार ६३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा कुमारी राईले ९ हजार ८५७ मत प्राप्त गरेकी छन् ।
संखुवासभामा भएको प्रतिस्पर्धात्मक चुनावमा कार्कीले आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
योसँगै फागुन २१ मा भएको निर्वाचनको देशभरको मतपरिणाम सार्वजनिक भएको छ । अब समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ ।











