Logo
Logo

जसले ४० हजार खर्च गरेर ल्याए १७ मत


0
Shares

काठमाडौं । मितेरी पार्टी नेपालका तर्फबाट सुनसरी–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रक्ष कुमार राईले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन्।

राईले बुधबार सार्वजनिक गरेको विवरणअनुसार आफ्नो चुनावी अभियानमा कुल ४० हजार ७४० रुपैयाँ खर्च भएको छ। उक्त रकममध्ये १० प्लेट चाउमिनका लागि २ हजार ३५० रुपैयाँ, १२ प्लेट झोल मःमका लागि २ हजार ३५० रुपैयाँ तथा पानी लगायतका अन्य खर्च समेटिएको उनले बताएका छन्। यस निर्वाचनमा राईले १७ मत प्राप्त गरेका थिए।

सुनसरी–१ बाट भने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ३५ हजार ७४१ मतसहित विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्