Logo
Logo

उम्मेदवारी खारेज भएका साहको मुद्दा न्यायाधीश सुवेदी र ढुङ्गानाको इजलासमा


693
Shares

काठमाडौं । धनुषा-१ मा उम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको मुद्दा न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । 

The current image has no alternative text. The file name is: kishowr.jpg

साहले आफ्नो उम्मेदवारी खारेज विरुद्ध निर्वाचन आयोगलाई विपक्षी बनाएर फागुन १९ गते दायर गरेको रिटमा शुक्रवार सुनुवाइका लागि पेसी तोकिएको हो । यसअघि फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले सो मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो । 

यस्तै बिहीबार साहले नै कर्जा सूचना केन्द्रलगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्