Logo
Logo

बालेनलाई प्रधानमन्त्री बनाउन विधान संशोधन गर्दै रास्वपा 


1.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भावी प्रधानमन्त्रीको लागि भएको सहमति कार्यान्वयन गर्ने रास्वपाले आफ्नो पार्टीको विधान संशोधन गर्ने भएको छ । राष्ट्रिय रास्वपाले संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थालाई संशोधन गर्न लागेको हो ।

The current image has no alternative text. The file name is: rabi-balen.jpg

रास्वपाको संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थामा सम्पूर्ण सदस्यले मतदान गर्ने प्रावधान रहेको छ । रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ ।

उक्त धाराको ८ (ख) संसदीय दलको नेता चयन गर्न ‘पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने’ उल्लेख छ । रास्वपाले सोही बुदालाई संशोधन गर्न लागेको हो । 

रास्वपाले संसदीय दलको नेता छान्ने विषयलाई सहज बनाउनका लागि विधान संशोधन गर्न लागेको हो । बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यवहारिक नभएको निक्र्यौलसहित रास्वपाले विधान संशोधन गर्न लागेको हो । तत्काल रास्वपाका  लागि पार्टीका सदस्यहरूबाट संसदीय दलको नेता चयन गर्ने विधि सम्भव नभएपछि रास्वपाले विधान संशोधन गर्न लागेको हो । 

प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरू मध्येबाट ५० प्रतिशत मत कटाउने उम्मेदवार संसदीय दलको नेता चयन गर्ने रास्वपाको विधानमा उल्लेख छ । रास्वपाले संसदीय दलको नेता सर्वसम्मत रूपमा वरिष्ठ नेता बालेन्द्र शाहलाई बनाउने तयारी गरेको छ । पार्टीले सरकारको नेतृत्व गर्दा संसदीय दलको नेताले नेतृत्व गर्ने पार्टीको विधान अनुसार शाहलाई संसदीय दलको नेता बनाउन लागिएको हो ।

रास्वपा र काठमाडौंका तत्कालीन मेयर पक्षसँग एकता हुँदा भावी प्रधानमन्त्री शाहलाई बनाउने सहमति बनेको थियो । पुस १३ गते दुई पक्षबीचमा सहमति बनेको थियो । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने’ सम्झौतापत्रमा भनिएको थियो, ‘आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’

समानुपातिक तर्फका उम्मेदवारले समेत निर्वाचित भएको प्रमाणपत्र निर्वाचन आयोगबाट प्राप्त गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्ने छ ।

२१ फागुनमा भएको प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नजिता आइसकेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मतको आधारमा रास्वपाले १८२ सिटमा जित निकालेको छ । जो दुई तिहाइ नजिकको सङ्ख्या हो । 

प्रतिक्रिया दिनुहोस्