Logo
Logo

योगेशलाई जिम्मेवारीविहीन बनाइएकोबारे शङ्कर पोखरेलले के भने ?


0
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफू निर्वाचनभर जिम्मेवारीविहीन भएको र महासचिवसँग जिम्मेवारी माग्दा नपाएको अभिव्यक्तिपछि महासचिव शङ्कर पोखरेलले खण्डन गरेका छन् ।

The current image has no alternative text. The file name is: yofesh.jpg

फेसबुकमा स्ट्याटस लेख्दै महासचिव पोखरेलले भट्टराईले जिम्मेवारी माग्दा विभिन्न स्थानमा वक्ताका रुपमा जान र आफ्नो निर्वाचन क्षेत्र दाङमा आउन भनेको उल्लेख गरेका छन् । यद्यपि, भट्टराईले भनेका कुरालाई मिडियाले अधुरो अंश मात्र सम्प्रेषित गरेको  उनको भनाइ रहेको छ । 

पोखरेलले फेसबुकमा लेखेका छन्, ‘अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ । तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ । अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ । त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो । मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ । तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु । सायद योगेशजीको भनाईको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्दछ । भ्रम नपरोस भनेर मात्र स्पष्ट गर्नु परेको हो ।’

प्रतिक्रिया दिनुहोस्