Logo
Logo

मध्यपूर्वका १४ देश छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन


0
Shares

एजेन्सी । अमेरिकी सरकारले आफ्नो नागरिकलाई मध्यपूर्वका १४ देश छोड्न अपील गरेको छ ।

इरानले मध्यपूर्वमा अमेरिकी अखडाहरूमा आक्रमण जारी राखेपछि अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वका देश छोड्न आग्रह गरेको हो ।

पछिल्लो पटक इरानले इराकको बगदादस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण भएपछि इराक छोड्न निर्देशन दिएको थियो । अमेरिकी दूतावासले चेतावनी जारी गर्दै नागरिकलाई ‘तत्काल इराक छोड्न’ भनेको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका सरकारले ओमानबाट गैर-आपतकालीन सरकारी कर्मचारी र तिनका परिवारलाई पनि बाहिर जान आदेश दिएको छ ।

इरानले हाल ओमान, साउदी अरब, युएई, कतार, कुवेत, बहराइनलगायतमा रहेका अमेरिकी दुताबास, अमेरिकी सेनाका बेसमा लगातार आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्