Logo
Logo

कार्की आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै माइतीघरमा प्रदर्शन


0
Shares

काठमाडौं । जेनजी आन्दोलनको घटना सम्बन्धी छानविन गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ’ भनेर प्रश्न गर्दै खबरदारी सभा आयोजना गरेका हुन् । सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले २४ फागुनमा सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए भने तत्कालिन प्रधानमन्त्री केपी ओली सरकार छाड्न भाग्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्