Logo
Logo

कार्की आयोगको प्रतिवेदन माग्दै प्रदर्शन


0
Shares

काठमाडौं । गत भदौ २३ र २४ भदौको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै जेनजी अभियन्ताहरूले  प्रदर्शन गरेका छन् । 

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले भदौ २४ मा फागुनमा प्रतिवेदन बुझाएको भए पनि सरकारले सार्वजनिक गरेको छैन । प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै आएका जेनजी अभियन्ताहरूले काठमाडौंको माइतीघर मण्डलामा आज पनि आफ्नो प्रदर्शन गरेका हुन् । 

जेनजी मुभमेन्टको आयोजनामा भइरहेको प्रदर्शनमा ‘कार्की आयोगको पूर्ण प्रतिवेदन खोइरु’, ‘कलमले लेखेका सत्यलाई सत्ताको कैँचीले नकाट’, ‘एरर ४०४: जस्टिस नट फाउन्ड । रिलिज रिपोर्ट’ जस्ता नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । उनीहरूले आँखामा कालोपट्टी समेत बाँधेका थिए ।

गत ५ असोजमा गठित आयोगलाई २३ भदौको जेनजी आन्दोलनमा भएको दमन र २४ भदौको तोडफोड तथा आगजनीका घटनाबारे छानबिन गर्न कार्यादेश दिइएको थियो । ३ महिनाको अवधि पाए पनि समयमै काम नसकेपछि पटक–पटक आयोगको म्याद थपिएको थियो । पहिलो पटक ३ पुसमा १ महिना, दोस्रो पटक ८ माघमा २० दिन र अन्तिम पटक २६ माघमा २५ दिन समय थपिएको थियो ।

प्रतिक्रिया दिनुहोस्