Logo
Logo

बर्दिया निकुञ्जमा सिकार खेल्न गएका ५ जना सम्पर्कविहीन


378
Shares

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ युवक सम्पर्कविहीन भएका छन् । गत फागुन २३ गते सिकार खेल्न गएका सुर्खेतका ५ जना घर नफर्किएका हुन् ।

सिकार खेल्न गएका उनीहरु नफर्किपछि खोजबिनका लागि प्रहरीमा खबर आएको सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।

डीएसपी बुढथापाका अनुसार सम्पर्कविहीन हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।

गाउँदेखि १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएका उनीहरूको खोजिका लागि राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र आपसापको क्षेत्रका प्रहरी एकाइसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्