
काठमाडौं । नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवसहित १६ जनालाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको छ । बारा निर्वाचन क्षेत्र ३ को क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको हो ।
क्षेत्रीय सचिव राजेश भण्डारीले प्रतिनिधिसभा सदस्य उम्मेदवार सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई असहयोग गरेका जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिए ।
कारबाही सिफारिस भएकाहरुमा राजेश राय यादव, हरिप्रवेश यादव, श्रीनिवास यादव, केदार साह, अम्बिका यादव, बजरंगी साह, भोला राय यादव, रामप्रवेश यादव, रबिन्द्र यादव (उर्फ रोवान), रविकरण साह कलवार, नाजिर अन्सारी, दिपेन्द्र पटेक, मो. अतिउर रहमान (पपपु), अवधेश यादव, हरि यादव (हरिन्द्रप्रसाद राउत) छन्।
क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाद्वारा हस्ताक्षरित पत्रमा उनीहरूलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गरिनुपर्ने माग गरिएको छ ।











