Logo
Logo

कञ्चनबारीको सिटिजन्स बैंकमा झण्डै ५ करोड घोटला


0
Shares

काठमाडौं । विराटनगरको कञ्चनबारीमा रहेको सिटिजन्स बैंकमा ४ करोड ९१ लाख हिनामिना भएको पाइएको छ । आफ्नै कर्मचारीको मिलेमतोमा यति ठूलो रकम हिनामिना भएको भन्दै बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ ।

मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालले कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको भन्दै बैंकबाट उजुरी आएको र उजुरीमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

अनुसन्धानका लागि आवश्यक कागजात माग भइ छानबिन थालिएको प्रहरीले जनाएको छ । यद्यपी, रकम घोटालामा को–को संलग्न छन् भन्नेबारे अहिले खुलिनसकेको कट्टुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्