
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण तालिम सुरु भएको छ ।
ग्वार्कोको होटल रोयल टुलिपमा केही बेरअघि प्रशिक्षण कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेले घण्टी बजाएर उद्घाटन गरेका छन् ।
अभिमुखीकरण कार्यक्रम आज र भोलि दुई दिनसम्म चल्नेछ । नयाँ सांसदहरुलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतबारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकतर्फ ५७ गरि एक सय ८२ सिट हासिल गरेको थियो । कार्यक्रममा अहिलेसम्म सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह भने उपस्थित भएका छैनन् ।











