काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् ।

अनिताको साथबाट १० हजार, संगिताको साथबाट १० हजार र विनोदको साथबाट ८ हजार ९ सय डलर बरामद भएको हो ।
आज बिहान पौने १२ बजे चाइना साउदर्थन को उडानबाट ग्वान्झाउ जान लागेका उनीहरूलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी एवं ब्यागेज स्क्रिनिङ गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।











