Logo
Logo

दुर्गा प्रसाईंको अनुसन्धान फाइल इजलासमा देखाउन आदेश


441
Shares

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका विषयमा गरिएको अनुसन्धान फाइल इजलासमा पेस गर्न आदेश दिएको छ । सोमबार (असोज १९) सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले नेपाल प्रहरीको साइबर ब्युरोलाई यस्तो आदेश दिएको हो ।

The current image has no alternative text. The file name is: durga-prasai.jpg

सर्वोच्चले कसुरको जाहेरीमा गरिएको अनुसन्धान मिसिलसँगै जिल्ला अदालत काठमाडौंबाट भएको म्याद थप अनु्मतिको सक्कल फाइल पनि पेस गर्न भनेको छ । इजलासमा देखाएर फिर्ता लैजाने गरी पेस गर्न आदेश दिइएको छ ।

“यसमा निवेदकविरुद्द परेको विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरको जाहेरीमा भएको अनुसन्धान र म्याद थपसहितको सक्कल फाइल इजलासमा देखाई फिर्ता लैजाने गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाई मिति २०८३/०६/२० को पेसी तोकी नियमानुसार पेस गर्नू,” आदेशमा उल्लेख छ ।

प्रसाईंको हकमा उनकी श्रीमती उमा प्रसाईंले यही असोज १४ गते सर्वोच्चमा बन्दीप्रत्यक्षकरण रिट दिएकी थिइन् । साइबर ब्युरोको टोलीले त्यसअघि प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका निम्ति भन्दै प्रहरीले अदालतसँग थुना अनुमति माग गरेको थियो ।

बन्दीप्रत्यक्षीकरण रिटमा यसअघि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले साइबर ब्युरो समेतका विपक्षी निकायसँग लिखित कारण पेस गर्न आदेश दिएको थियो । प्रसाईंलाई यसअघि पनि विभिन्न आरोपमा पक्राउ गरी थुनामा राखेर रिहा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्