
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका काममा सहभागी नहुने घोषणा गरेका छन् । निर्वाचनको मत परिणाम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो कुलिङ पिरियड सुरु भएको बताएका छन् । उनले लेखेका छन्, ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन, प्लिज, आजदेखि कुलिङ पिरियड सुरु भयो । अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस् ।’
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले अब नयाँ मन्त्री नआएसम्म मन्त्रालयमा प्रशासनिक निर्णयहरू मात्रै हुने बताए । अहिले सरकारले नयाँ आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढाइरहेको छ । यो प्रक्रियामा समेत कुनै अवरोध नहुने प्रवक्ता पाण्डेयको भनाइ छ ।











