Logo
Logo

सरकारको सम्झौता कागजमै सीमित, सहकारी पीडित आन्दोलित 


567
Shares

काठमाडौं । सहकारीमा पीडितहरूले आफ्नो बचत रकम फिर्ताको माग गर्दै  काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

पीडितहरूले सरकारको ध्यानाकर्षण गराउन पुनः सडक आन्दोलन सुरु गरेका हुन् । विगत ४५ महिनादेखि निरन्तर सडक आन्दोलनमा रहेका पीडितहरूले सरकारसँग पटक-पटक  सम्झौता भए पनि हालसम्म न्याय नपाएको गुनासो गरेका छन् ।

सरकारले गरेका सम्झौताहरू कागजमै सीमित भएको र आफूहरूको बिचल्ली भएको भन्दै उनीहरू आक्रोशित बनेका छन् । उनीहरूले वाचापत्रमा लेखेको सय दिने प्रक्रिया हामीले पनि सम्झिएका छौँ, आफ्ना छोप्ने, पराइ मात्रै हेप्ने प्रवृत्ति नदोहोरियोस्, अपराध अनुसार सञ्चालकको प्रवृत्ति अनुसार दण्ड गर्ने विधान बनोस्, ठग सञ्चालकहरूको नागरिकता, पासपोर्ट, बैङ्क खाता, चल अचल सम्पत्ति रोक्का गरियोस्, नयाँ बन्ने सरकार सहकारी पीडितलाई न्याय दे लगायतका प्लेकार्डहरू बोकेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्