Logo
Logo

संसदीय दलको नेतामा मेरो दाबेदारी रहन्छ : अर्जुननरसिंह केसी


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित समानुपातिक सांसद अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका छन् ।

The current image has no alternative text. The file name is: arjunnarsingh-ck.jpg

शुक्रवार केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका केसीले सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले स्वाभाविक रूपमा संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका हुन् ।

उनले भने, ‘संसदीय दलको नेतामा स्वतस् दाबी हुन्छ । म सबैभन्दा त्यहाँको सिनियर नेता हुँ  । संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु । अझ तपाईंहरूमध्ये कोही इतिहासलाई हेर्नुहुन्छ भने २०४७ देखिको संसद् कांग्रेसको सिङ्गै धानिदिने मध्ये म पनि हुँ ।’ तर, संसदीय दलको नेताको रूपमा सहमतिपूर्ण डङ्गबाटै निष्कर्ष निस्कियोस् भन्ने चाहना रहेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्