Logo
Logo

काठमाडौंमा मुसलधारे वर्षा,’रात’ परेजस्तै अँध्यारो


567
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रवार दिउँसै बाक्लो कालो बादलले आकाश ढाकेपछि ‘रात’ परेजस्तै अँध्यारो भएको छ । केही बेरअघि सम्म घाम लागिरहेको उपत्यकामा अचानक मौसम बदलिएर मेघगर्जन र हावाहुरीसहित वर्षा सुरु भएपछि जनजीवन प्रभावित भएको हो ।

The current image has no alternative text. The file name is: kathamandu-3.jpg

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा उपत्यकाको आकाशमा बाक्लो कालो बादल मडारिएको छ । दिउँसै अँध्यारो भएपछि सडकमा गुड्ने सवारी साधनहरूले ‘हेडलाइट’ बालेर यात्रा गर्नुपरेको थियो ।

मौसम पूर्वानुमान महाशाखाले यसअघि नै पानी पर्ने प्रक्षेपण गरेअनुसार काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार, अहिले देशभर पश्चिमी वायुको सक्रियता बढेको छ । यो प्रि-मनसुनको समय भएकाले अचानक बादल लाग्ने र छोटो समयमा भारी वर्षा हुनु स्वाभाविक हो ।

प्रतिक्रिया दिनुहोस्