Logo
Logo

खराब मौसमका कारण आन्तरिक र बाह्य उडान प्रभावित


756
Shares

काठमाडौं । खराब मौसम कारण काठमाडौंको उडान प्रभावित भएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा हावाहुरीसहित भारी वर्षा भएपछि उडान प्रभावित भएका हुन् ।

The current image has no alternative text. The file name is: airport-1.jpg

कार्यालयका अनुसार दुईवटा अन्तर्राष्ट्रियसहित आन्तरिक उडान प्रभावित भएका हुन् । 

धनगढी, बिराटनगर, भद्रपुरबाट आएका आन्तरिक उडान उतै फर्किएका छन् भने दिल्लीबाट आएको विमान पनि डाइभर्ट गरिएको छ । मौसम खुलेपछि उडान सुचारु हुने विमानस्थल कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्