Logo
Logo

बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध


504
Shares

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानको सिद्धबाबा क्षेत्रमा लेदो सहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

The current image has no alternative text. The file name is: sadk-1.jpg

प्रहरीका अनुसार आज बिहानैदेखि परेको वर्षाले सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

कार्यालयका अनुसार पूर्व-पश्चिम राजमार्गमा पर्ने दाउन्ने सडकखण्डमा वर्षका कारणले बाटो चिप्लो भई दुवैतर्फको सवारी साधन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्