Logo
Logo

कपिलवस्तुमा दुई समुदायबीच झडप : अनिश्चितकालीन निषेधाज्ञा


1.2k
Shares

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडप रोक्न जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

The current image has no alternative text. The file name is: kaplbastu.jpg

आज बिहान मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो । सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरेको हो ।  

पूर्वमा बर्गदी पुल, पश्चिम बहादुरगञ्ज चोक, उत्तर महाराजगन्ज बजार र दिक्षणमा हर्दौनासम्म निषेधाज्ञा जारी गरिएको हो ।

आज राम नवमीको अवसरमा हिन्दु धर्मावलम्बीहरुले मन्दिरमा तथा इदको अवसरमा मुस्लिम समुदायले मस्जिदमा नवाज पढ्दै गर्दा दुवैतर्फबाट माइकको आवाज चर्को भएको विषयमा विवाद हुँदा झडप भएको थियो । झडपका क्रममा ढुङ्गा प्रहार भएको र ५ जना सामान्य घाइते भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्